नेपाली भूमी अतिक्रमणबारे नासाको गम्भीर ध्यानाकर्षण र आपत्ति

शनिबार, जेष्ठ १७, २०७७

- विजय थापा



डिसी । अमेरिकाको नेपालिज् एसोसिएसन ईन साउथईष्ष्ट अमेरिका (नासा)ले नेपाल र भारतको कालापानी,लिपुलेक लिम्पियाधुरा सम्बन्धी सिमाना विवाद विषयमा  विज्ञप्ति जारी गर्दै गम्भीर ध्यानाकर्षणका साथै  आपत्तिजनाए को छ ।

नासाका अध्यक्ष विनय अर्याल तथा महा सचिव कृष्ण श्रेष्ठ द्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तिमा हालै अन्तर्राष्ट्रिय सिमानाको सत्य र तथ्यलाई समेत वास्ता नगरी एक पक्षीय ढङ्गले मित्रराष्ट्र भारतले नेपालको भूमिमा बाटो बनाई भूमि समेत अधिकरण गरेको प्रति नेपालिज् एसोसिएसन ईन साउथईष्ष्ट अमेरिका (नासा) को गम्भीर ध्यानाकर्षण र आपत्ति रहेको जनाएको छ ।

विवादित विषय यथाशीघ्र सभ्य र सौहार्दपूर्ण वातावरणमा राजनैतिक र कूटनैतिक तवरबाटै समाधान होस् र नेपालको भूमि फिर्ता होस् भन्ने नासाको आधिकारिक धारणा रहेको जानकारी गराएको छ ।

नासाको छापा विज्ञप्तिको पूर्ण पाठ जस्ताको त्यस्तै 

हालै अन्तर्राष्ट्रिय सिमानाको सत्य र तथ्य लाई समेत वास्ता नगरी एक पक्षीय ढङ्गले मित्रराष्ट्र भारतले नेपालको भूमिमा बाटो बनाई भूमि समेत अधिकरण गरेको प्रति नेपालिज् एसोसिएसन ईन साउथईष्ष्ट अमेरिका ९नासा० को गम्भीर ध्यानाकर्षण र आपत्ति जनाउँदछ ।

कुनै पनि राष्ट्रको भौगोलिक अखण्डता प्रति कुनै पनि राष्ट्रले सम्मान गर्ने र मर्यादा राख्नु पर्ने अन्तर्राष्ट्रिय मूल्य , मान्यता , प्रचलन , र बाध्यात्मक अन्तर्राष्ट्रिय कानुनी परिस्थिति पनि भएको ब्यहोरालाई मनन गर्दै सत्य तथ्यकै आधारमा महाकाली नदी पूर्वको कालापानी लिपुलेक लिम्पियाधुरा लगायतको भूभागहरू नेपालको नै रहेको नासा को पनि भनाइ रहेको छ ।

यसै सन्दर्भमा हालसालै नेपाल सरकारले नयाँ नक्सा प्रकाशित गरी लागु गरेकोमा नासा खुसी व्यक्त गर्दै नेपाल सरकारलाई धन्यवाद दिन चाहन्छ। नेपालीलाई नक्सा मात्र होइन भूमि पनि चाहिएको छ , तसर्थ राष्ट्रियताको सवालमा सबै राजनीतिक पार्टी ,एवम् सम्पूर्ण नेपाली जनता एक भएर आफ्नो भूमि प्राप्तिको लागि यस अवसरमा एकजुट हुन नासा हार्दिक अपिल गर्दछ।

यथासिध्र दुवै राष्ट्रहरूको सरकारको उच्च स्तरीय प्रतिनिधि मण्डलमार्फत सत्य तथ्य कै आधारमा दुई पक्षीय वार्ता तथा अन्तर्राष्ट्रिय सीमा सम्बन्धीको नियमलाई समेत छलफल गरी विवादित विषय यथाशीघ्र सभ्य र सौहार्दपूर्ण वातावरणमा राजनैतिक र कूटनैतिक तवर बाटै समाधान होस् ।

र नेपालको भूमि फिर्ता होस् भन्ने नासाको आधिकारिक धारणा रहेको जानकारी गराउँदै पौराणिक काल देखि नै अति सुमधुर र सौहार्दपूर्ण मैत्री सम्बन्ध रही आएको यी दुई छिमेकी राष्ट्रहरू बिच सोही बमोजिम कै सम्बन्धमा अझ बढी प्रगाढता थपी सुमधुर सम्बन्ध अनन्तकाल सम्म रही रहोस् भन्ने नासा हार्दिक कामना समेत व्यक्त गर्दछ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments