सांस्कृतिक भ्रष्टीकरण भनेको आर्थिक भ्रष्टाचार मात्र होइन: नारायणकाजी श्रेष्ठ

बुधबार, बैशाख १०, २०७७



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता एवम् राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले गलत विषयमा विरुद्ध उभिन नसक्नु सांस्कृतिक ह्रास भएको बताएका छन् ।

बुधवार ट्विट मार्फत प्रवक्ता श्रेष्ठले भनेका छन् । सांस्कृतिक भ्रष्टीकरण भनेको आर्थिक भ्रष्टाचार मात्र हैन । उनले पद,सत्ता शक्ति र निजी स्वार्थलाई केन्द्रमा राखेर आचरण गर्नु वा त्यसको कारणबाट बेठिकको विरुद्ध सत्य एवं ठिकको पक्षमा उभिन नसक्नु पनि सांस्कृतिक ह्रास भएको. उल्लेख गरेका छन् ।

साथै व्यक्तिवाद,विधि पद्धतिको अवज्ञा र मूकदर्शकता यसका परिणाम हुन्।बुझौँ,फेरौँ  भन्दै ट्विटमा उल्लेख गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments