नेपाली जनताको शक्ति नै ओलीको कूटनीतिक सफलताको आधार: नेता भट्टराई

सोमवार, चैत्र २६, २०७४



भक्तपुर । नेकपा एमालेका नेता निर्मल भट्टराईले वर्तमान सरकारले जनताको अपार समर्थन पाएको कारण नै प्रधानन्त्री ओलीको भारत भ्रमण ईतिहासमै सबभन्दा सफल भएको बताएका छन् ।

भक्तपुरमा आयोजित नेकपा एमालेको एक भेलालाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन् । उनले अगाडि भने— ओली नेतृत्वको स्थीर र शक्तिशाली सरकारको सामु भारतीय संस्थापन पक्ष पनि नतमस्तक बन्नुपर्ने अवस्था आएकाले नेपाली जनताले शीर झुकाउनु परेन ।
सो भेलालाई सम्बोधन गर्दै नेकपा एमाले भक्तपुरका कार्यवाहक अध्यक्ष बचन देउजाले पार्टीले जन प्रतिनिधिलाई समयमै नियन्त्रण र निर्देशन नगरे स्थानीय तहमा अराजकता र भ्रष्टाचार बढ्ने खतरा रहेको बताए ।

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले जनप्रतिनिधिहरुले सम्बन्धिततहको पार्टी कमिटिको निर्णय बमोजिमचल्नुपर्ने बताए । उनले भने—पार्टीको बलमाहामीले चुनाबजितेको हो, अहिले आफू खुशीचल्नमिल्दैन ।

भेलालाई स्थानीय नेताहरु विष्णु गुमाञ्जु र श्रीकृष्ण बासुले भुकम्प पीडित जनताका गुनासा नगरपालिकाले अविलम्ब सम्बोधन गर्नुपर्नेमा जोड दिए ।

52 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank