जुवातास, लागूऔषधमुक्त कर्णाली प्रदेश कानूनमन्त्री भण्डारी

सोमवार, बैशाख ३१, २०७५



सुर्खेत। कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले कर्णालीलाई लागूऔषध दुव्यसनी र जुवातासमुक्त प्रदेश बनाउने उद्घोष गरेका छन्

सोमबार गृह जिल्ला जुम्ला पुगेका कानूनमनत्री भण्डारीले पत्रकारहरुसंगको भेटघाटमा यो प्रदेशलाई लागूऔषध दुव्यसनी र जुवातासमा मुक्त बनाउनुका साथै स्थानीय मदिरा न्यूनीकरणका लागि प्रदेश मातहतका निकायलाई निर्देशनसमेत दिइसकिएको बताए ।

“लागूऔषधको प्रयोगले युवा समाज बर्बाद हुँदा मुलुकको विकासमा नकारात्मक प्रभाव परेको र जुवातासले हाम्रो सभ्यतामाथि आक्रमण गरेको छ । त्यसको पूर्ण समाप्तिका लागि प्रदेश सरकारले निराकरणका गतिविधि थालेको छ”, मन्त्री भण्डारीले भने ।
घरेलु मदिराको जथाभावी बिक्री वितरण तथा सेवनले घरेलु हिंसाका साथै आपराधिक गतिविधि बढेकाले पनि यसको नियन्त्रण अभियान थालिएको उनले बताएका छन् । ।

जुम्ला प्रशासन र प्रहरीले जुवातास तथा लागुऔषध नियन्त्रणमा निर्वाह गरेको भूमिकाको उच्च प्रशंसा गर्दै मन्त्री भण्डारीले भने, “ग्रामीण कुनाकाप्चामा व्यापक बन्दै गएको मदिरा नियन्त्रणमा गाउँस्तरबाटै सामाजिक सहयोग आवश्यक छ ।”

110 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank