मोदी आतंककारीको निशानामा रहेका खुलासा

बिहिबार, बैशाख ७, २०७४



नयाँदिल्ली । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको हत्या गर्ने योजना रहेको खुलासा भएको छ । प्रधानमन्त्री मोदी र उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ आतंकवादीको निशानामा रहेको भारतीय गुप्तचर एजेन्सीहरुले जनाएका छन् । करिब एक दर्जनको संख्यामा आतंकवादीहरु कुनैपनि बेला आक्रमण गर्ने तयारीमा रहेको सूचना बाहिर आएको छ ।

उनीहरु उत्तर प्रदेश प्रवेश गरिसकेको सूचना प्राप्त भएको पनि गुप्तचरहरुको भनाइ छ । भारतीय संचारमाध्यमहरुले बताए अनुसार
गुप्तचर निकायको सूचनापछि प्रहरीलाई आन्तरिक सूरक्षामा अलर्ट राखेको छ । मोदीले २१ जुनमा लखनउमा आयोजना हुने योग सम्बन्धी एक कार्यक्रममा सहभागिता हुने कार्यक्रम रहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank