मोदीको अभिनन्दनमा भाषा विवाद ! हिन्दी बिचमा ‘घुस्यो’

शुक्रबार, बैशाख २८, २०७५



प्रदेश नम्बर २ को सरकारले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई गर्ने अभिनन्दको भाषामा केन्द्र सरकारको निर्देशन उल्लंघन हुने भएको छ । मोदीलाई जनकपुरमा हुने अभिनन्दनमा हिन्दीसहित चारै भाषा नै प्रयोग हुने भएको छ । परराष्ट्र मन्त्रालयले हिन्दीबाहेक तीन भाषामा अभिनन्दन गर्न जनकपुर उपमहानगरपालिकालाई निर्देशन दिएको बताएको थियो । तर, जनकपुर उपमहानगरपालिकालले प्रदेश सरकारसँगको सल्लाहमा हिन्दीसहितका चार भाषा नै प्रयोग गर्ने भएको छ ।

नेपाली, मैथिली र अंग्रेजीसंगै हिन्दीमा समेत अभिनन्दन गरिने भएको छ । उपमहानगरका मेयर लालकिशोर साहले केन्द्र सरकारको निर्देशनमा हिन्दीसहित चार भाषामा अभिनन्दन गर्ने बताएका छन् । नेपालपाटीसँग टेलिफोनमा कुरागर्दै मेयर साहले अभिनन्दको भाषा हिन्दी पनि हुने जानकारी दिए । ‘भाषा ठूलो विषय होइन । प्रदेश नम्बर २ मा हिन्दी भाषा बोल्नेहरु हुनुहुन्छ, त्यसमाथि भारतीय प्रधानमन्त्रीलाई उहाँकै भाषामा अभिनन्दन गर्नु राम्रो कुरा हो’ साहले भने, ‘सरकारले हिन्दी भाषा प्रयोग नगर्नु भनेर कुनै चिठी पठाएको छैन । ’

परराष्ट्र मन्त्रालयका प्रवक्ता भरत पौडेलले तीनवटा भाषामा अभिनन्दन हुने दावी गरे । ‘नेपाली, मैथली र अंग्रेजी भाषामा मात्रै अभिनन्दन भन्ने मेरो जानकारीमा छ’ पौडेलले भने, ‘मन्त्रालयले यस्तो गर्नु, उसो नगर्नु भनेर निर्देशन दिएको भने मलाई थाहा छैन् । ’

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले पनि तीन भाषामा अभिनन्दन हुने यसअघि जनपुरमा नै बताएका थिए ।

मोदीलाई चार घेरामा सुरक्षा

पहिलो घेरा : भारतीय सुरक्षाको विशेष कमान्डो टोली र निजी अंगरक्षक
दोस्रो घेरा : नेपाली सेना र नेपाल प्रहरीको विशेष युनिट
तेस्रो घेरा : सशस्त्र प्रहरी र नेपाल प्रहरी
चौथो घेरा : नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका गुप्तचर
192 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank