भारतीय प्रधानमन्त्री मोदीले चुनावी सभालाई सम्बोधन गर्दै

मङ्लबार, बैशाख १८, २०७५



नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मङ्गलबार भारतको दक्षिणपश्चिम राज्य कर्नाटकमा निर्वाचन अभियानको सुरुवात गर्ने कार्यक्रम छ । कर्नाटकमा हुने चुनावी सभालाई उनले मङ्गलबार सम्बोधन गर्ने कार्यक्रम रहेको जानकारी विभिन्न सञ्चारमाध्यमहरुले दिएका छन् ।

विधान सभाको निर्वाचन यही मे महिनाको १२ मा हुने बताइएको छ । भारतीय जनता पार्टी (बिजेपी) का अधिकारहरुका अनुसार मोदीले सो राज्यमा मङ्गलबार आयोजना गरिएका तीन वटा चुनावी सभालाई सम्बोधन गर्नेछन् ।

राज्य सभाको लागि हुन गइरहेको सो निर्वाचनमा २१९ जना महिलासहित २ हजार ६५५ उम्मेदवार प्रतिश्पर्धामा रहेका छन् ।

सो निर्वाचनबाट २२४ जना राज्य सभाका सांसदहरु निर्वाचित हुने बताइएको छ । मोदीले कर्नाटकमा मे ८ सम्ममा एक दर्जन भन्दा बढी चुनावी सभालाई सम्बोधन गर्ने पनि बताइएको छ ।

119 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank