राष्ट्रियसभा निर्वाचन : गण्डकी प्रदेशबाट नेकपाका श्रेष्ठ र न्यौपाने विजयी

बिहिबार, माघ ९, २०७६



पोखरा । राष्ट्रियसभा सदस्यको लागि बिहीबार भएको निर्वाचनमा गण्डकी प्रदेशबाट नेकपाका उम्मेदवार नरायणकाजी श्रेष्ठ विजयी भएका छन्। श्रेष्ठले नेपाली कांग्रेसका उम्मेदवार सूर्यप्रसाद रेग्मीलाई पराजित गरेका हुन्।

राष्ट्रियसभा सदस्यको महिला समूहकोलागि भएको निर्वाचनमा नेकपाकी भगवती न्यौपाने विजयी भएकी छन्। उनले प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसकी विमला गौतमलाई पराजित गर्दै विजयी भएकी हुन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments