भागबण्डाको आधारमा एकता भएकाले केही वर्षभित्रै नेकपा फुट्छः विजुक्छेँ

शुक्रबार, जेष्ठ ४, २०७५



भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेंले एमाले र माओवादी केन्द्रबीचको पार्टी एकता सैद्धान्तिक नभई भागबण्डाको आधारमा भएको बताएका छन् । रफत सञ्चार क्लबमा शुक्रबार आयोजित साक्षात्कारा बिजुक्छेंले एसियाकै ठूलो कम्युनिष्ट पार्टीका रुपमा उदाएको भन्ने भनाई गलत भएको टिप्पणी समेत गरे ।

दुई पार्टीको एकतालाई हेर्दा सैद्धान्तिक भन्दा पनि भागबण्डामा केन्द्रित भएकाले दीर्घकालिन स्वरुप नदेखिएको उनको भनाइ छ । ‘रुसको कम्युनिष्ट पार्टी संख्यात्मक रुपमा संसारकै ठूलो भएपनि सैद्धान्तिक पाटोलाई आत्मसाथ गर्न नसक्दा देशै टुक्राटुक्रा भएको नजिर नेपाल कम्युनिष्ट पार्टीका हस्तीहरूले बुझ्नुपर्छ’ उनले भने ।
हालको पार्टी एकता त्याग र योग्यताका आधारमा नभई भागबण्डाको आधारमा भएकाले केही बर्ष भित्रै फुटको अवस्थामा पुग्ने उनको दावी छ ।

वर्तमान सरकार ठेकदार, दलाल, गुण्डा र काला व्यापारीको आडमा चलेको बताउँदै चुनावमा खर्च भएको रकम असुल्नलाई लागेकाहरूकै कारण वर्तमान सरकाले जनताको हितमा काम गर्ने छन्द नदेखिएको उनको आरोप छ ।

उनले बिगत पञ्चायतले तीस बर्ष शासन गर्दा देश र जनताको हितमा काम गर्न नसके जस्तै वर्तमान सरकाले पाँच बर्ष सत्ता चलाएता पनि कुनै उपलब्धि हासिल गर्न नसक्ने जिकिर गरे ।

69 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank