मेरो भन्दा राष्ट्रको सुरक्षा महत्त्वपूर्ण हुन्छ: प्रवक्ता श्रेष्ठ

बुधबार, बैशाख ३१, २०७७



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले आफूले सुरक्षाकर्मी नलिएको बताएका छन् ।

उनले ट्विट मार्फत भनेका छन्, मैले पूर्व गृहमन्त्रीले लिने गरेको गाडी र तेल सुविधा सुरुदेखि नै लिइन।सशस्त्र बलको पछुवा गाडी र सुरक्षाकर्मी आवश्यक नभएको ठानी केही समयपछि मैले नै जोड गरेर फर्काएँ।तर गत चुनाव अघि राज्यको सुरक्षा संयन्त्रले सुरक्षाको कारणले राख्न अनुरोध गरेकाले राखिएको हो।

प्रवक्ता श्रेष्ठले भने,थाहै छ,म पछुवा नियमित प्रयोग गर्दिन।मैले आफूलाई सुरक्षा खतरा महसुस गरेको छैन।राज्य संयन्त्रले त्यस्तो आकलन गरेको छ भने पनि मेरो भन्दा राष्ट्रको सुरक्षा महत्त्वपूर्ण हुन्छ।त्यसैले राज्यको आवश्यकताका लागि कुनै पनि क्षण फिर्ता लैजान अनुरोध छ।यसबाट राज्यलाई अप्ठेरो परेको भए क्षमा याचना भन्दै माफि समेत मागेका छन । पूर्व प्रशासक र भिअाइपीहरूले अनावश्यक रूपमा सुरक्षाकर्मीहरू  लिइरहेकाे समाचार बाहिरिएसँगै प्रवक्ता श्रेष्ठले उक्त कुरा बताएका हुन । स्राेतका अनुसार श्रेष्ठले हाल १२ जना सुरक्षाकर्मी लिएका छन ।

प्रवक्ता श्रेष्ठकाे ट्विट यस्ताे छ

narankaji

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments