आन्तरिक मामलामा छिमेकीको हस्तक्षेप स्वीकार्य छैन् : नेता श्रेष्ठ

शनिबार, बैशाख १५, २०७५



काठमाडाै‌ ।  नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले नेपालको आन्तरिक मामालिमा छिमेकी राष्ट्रको हस्तक्षेप स्वीकार्य नहुने बताएका छन् ।

शनिबार गोरखा सदरमुकाममा पत्रकारहरुसँग कुरा गर्दै नेता श्रेष्ठले विदेशी शक्तिले हस्तक्षेप गर्ने दिन समाप्त भएको बताए । ‘छिमेकी देशको प्रधानमन्त्री नेपाल आउँँदै हुनुहुन्छ, हामी हार्दिकतापूर्वक स्वागत गर्छौं । भ्रमणले नेपाल भारत सम्बन्ध सुधार होस् भन्ने कामना गर्छौं’ तर, नेपालको आन्तरिक मामालिमा हस्तक्षेप स्वीकार गर्दैनौं ।’

उनले फरक प्रसङ्गमा एमाले र माओवादी पार्टीबीचको एकता प्रतिशतका आधारमा नहुने समेत बताएका छन् । उनले सम्माजनक तबरले समानताको नीति अनुरुप एकता हुने बताएका छन् । दुई अध्यक्षबीचको छलफल पछि बस्ने पार्टी एकता संयोजन समितिको बैठकले पार्टी एकता घोषणाको मिति तय गर्ने श्रेष्ठले जानकारी दिए ।

90 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank