उपसभामुखको मार्ग प्रशस्त गर्नपर्छ: प्रवक्ता श्रेष्ठ

मङ्लबार, पुस २९, २०७६



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेका लागि मार्ग प्रस्तुत गर्नुपर्ने उल्लेख गरेका छन । मंगलबार प्रेस संगठन लमजुङले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाङफे नै सभामुख पदको सशक्त उम्मेदवार भएको बताए ।
प्रवक्ता श्रेष्ठले भने ‘अहिलेको उपसभामुखले सभामुखमा दाबी गर्ने हक राख्नुहुन्छ। यो स्वभाविक पनि हुन्छ। तर उहाँले राजीनामा नदिँदासम्म त सभामुख हाम्रो पार्टीले पाउने सम्भावनाकै अन्त्य हुन्छ। सभामुख उहाँ नै बन्ने हो भने त्यो सभामुख हाम्रो पार्टीले पाउन सक्ने बाटो त तयार हुनुपर्छ’ ।  ‘अब पहिला उहाँले मार्ग प्रशस्त गर्नुपर्छ। त्यो बाटो खुलेपछि हाम्रो पार्टीको एउटा सशक्त दाबेदार उहाँ पनि भएको सबैलाई थाहा छ। त्यसमध्ये पार्टीले आवश्यक छलफल गरेर उपयुक्त निर्णय लिने छ।

उनले बहुमत प्राप्त दलले सभामुख पद गुमाउन पुग्दा समेत उपसभामुखको राजीनामा नआउनु दुखद रहेको उल्लेख गरे ।  ‘उपसभामुख हाम्रो पार्टीको हुँदासम्म सभामुख हाम्रो पार्टीको उम्मेदवार बन्ने अवस्था रहँदैन। त्यस कोणबाट हामीले  उपसभामुखलाई राजीनामा दिन अनुरोध गरेका हौँ उनले भने ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments