मिडिया काउन्सिल विधेयक परिमार्जनका साथ पारित हुन्छ: प्रवक्ता श्रेष्ठ

शुक्रबार, जेष्ठ १०, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले मिडिया काउन्सिल सम्बन्धी विधेयक परिमार्जनका साथ पारित हुने बताएका छन् ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रवक्ता श्रेष्ठले आफ्नो पार्टी प्रेस स्वतन्त्रतालाई कुण्ठित गर्ने कुनै पनि कानुनको पक्षमा नरहेको पनि स्पष्ट पारे ।

उनले मिडियासम्बन्धी उजुरी परेमा त्यसको निरुपण गर्न अदालत जाने व्यवस्था मिलाउने दाबी गरेका छन् ।  सरकारले संसदमा पेश गरेको मिडिया काउन्सिल सम्बन्धी विधेयकले प्रेस र नागरिकका हक अधिकार कुण्ठित गरेकाे भन्दै मानवअधिकारकर्मी र पत्रकारहरुले चरणबद्ध रुपमा आन्दोलन गर्दै आइरहेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata