अबको मुख्य काम भनेको आफ्नो भूमि ल्याई छाड्नु हो: प्रवक्ता श्रेष्ठ

मङ्लबार, जेष्ठ ६, २०७७



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रवक्ता एवम् राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठले अबको मुख्य काम भनेको नेपालको भूमि लिई छाड्नु रहेको बताएका छन् ।

सोमबार मन्त्रीपरिषद्को बैठकले लिपुलेक र लिम्पियाधुरा सहितको नेपालको नक्सा पारित गरेसँगै प्रवक्ता श्रेष्ठले खुसी व्यक्त गरेका छन् । उनले ट्विट मार्फत नेपाल सरकारले अतिक्रमित भूमिसहित सम्पूर्ण भूभाग समेटेको नेपालको नक्सा सार्वजनिक गरेकोमा हार्दिक धन्यवाद ज्ञापन गरेका छन ।

साथै  सार्वभौमिकता र भौगोलिक अखण्डताको रक्षाको सन्दर्भमा ऐतिहासिक कोसेढुंङा बनेको उल्खेख गरेका छन ।  अबको मुख्य काम भने आफ्नो भूमि फिर्ता ल्याई छाड्नु हो। त्यस निम्ति राष्ट्रिय एकताका साथ अघि बढौँ भन्दै उल्लेख गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments