पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दै छ ? : प्रवक्ता श्रेष्ठ

मङ्लबार, बैशाख २३, २०७७



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा राष्ट्रिय सभा सदस्य नारायणकाजी श्रेष्ठले नेकपा पार्टी विरुद्ध भ्रामक समाचार प्रकाशित भइरहेको बताएका छन् ।

प्रवक्ता श्रेष्ठले मङ्गलवार ट्विट मार्फत उक्त कुरा बताएका हुन । उनले भनेका छन्,हाम्रो पार्टीमा पार्टी एकताको रक्षा गर्दै कमजोरीहरूलाई सच्याएर नयाँ शिराबाट काम गर्ने सहमति भएपछि हिजो देखि फेरि झुटा भ्रमात्मक समाचारहरू प्रचारित हुन थालेका छन् ।

उनले पार्टीमा रडाको मच्चाउने योजनामा फेरि को लाग्दै छ ? सचेत होऔँ भन्दै सुझाव दिएका छन । साथै २० गतेको सचिवालय बैठकको निष्कर्ष लागू गरौँ।अन्यथा नगरौँ। भन्दै सुझाव व्यक्त गरेका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments