एक वर्षको पारिश्रमिक राहत कोषलाई दिन्छु: नारायणकाजी श्रेष्ठ

सोमवार, बैशाख १, २०७७



काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता एवम् सांसद नारायणकाजी श्रेष्ठले एक वर्षको पारिश्रमिक राहत कोषलाई दिने घोषणा गरेका छन् ।

सोमबार प्रवक्ता श्रेष्ठले ट्विट मार्फत भनेका छन्,हामी अहिले कोभिड-१९ र उत्पन्न सङ्कटको सामना गरिरहेका छौँ।यस बेला एकताबद्ध भई आ-आफ्नो ठाउँबाट भूमिका खेल्नु जरुरी छ।

यस स्थितिमा मैले राष्ट्रिय सभा सदस्यको एक वर्षको पारिश्रमिक मध्ये २ महिनाको कोभिड-१९ कोष र बाँकी विपन्न वर्ग केन्द्रित आर्थिक राहत प्याकेजका लागि दिने घोषणा गर्दछु।

साथै प्रवक्ता श्रेष्ठले आफू भ्रष्टाचार विरोधी भएको उल्लेख गरेका छन् । उनले यस अघि वर्षौँ सांसद नहुँदा जसरी नै घर भाडा,गाडी र तेल खर्च पूर्व पार्टीले दिँदै आएको थियो।खाना सहितको सामान्य खर्च दाजुभाइ र साथीहरूले दिइरहेकाे कुरा जनाएका छन।घुस र भ्रष्टाचारको शत्रु हुँ।दैनिक जीवन चलाउन त परको कुरा निर्वाचनमा समेत ठुला कर्पोरेट हाउससँग चन्दा नलिने नीति सार्वजनिक गरी लागु गर्दै आएको दाबी गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments