पार्टीको निर्देशन अनुसार तुम्बाहाम्फेले राजीनामा दिनुपर्छ: प्रवक्ता श्रेष्ठ

आइतवार, माघ ५, २०७६



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायकाजी श्रेष्ठले उपसभामुख शिवमाया तुम्बाहाम्फेले पदबाट राजीनामा दिनु पर्ने उद्घोष गरेका छन । नेकपा सचिवालयको निर्णय पालना गर्दै उपसभामुख तुम्बाहाम्फेले राजीनामा दिदै सभामुखको बाटो खुल्ला गर्नु पर्ने धारणा राखे ।

प्रेस संगठन पर्वतले आइतबार पर्वतको कुश्मामा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता श्रेष्ठले भने, ‘उहाँले सभामुखमा म हुनुपर्छ भन्ने कुरा जायज छ । तर उहाँले उपसभामुखबाट पहिले राजीनामा दिनुपर्छ । उहाँको राजीनामा बिना नेकपाको सभामुख बन्न सक्दैन ।

उपसभामुख विद्धान हुनुहुन्छ । उहाँ कानुनको पनि ज्ञाता हुनुहुन्छ । उहाँको माग जायज छ भन्दै संसद बन्धक बनाउन नहुने प्रति इंगित गरेका थिए । प्रवक्ता श्रेष्ठले सभामुख पूर्व एमाले वा पूर्व माओवादीले पाउनु पर्ने भन्ने सवाल नभएको बताएका छन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments