आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दैनिक ४ घण्टा बन्द

शुक्रबार, मंसिर २७, २०७६



चितवन  । आजदेखि नारायणगढ–मुग्लिन सडकखण्ड दुई साताका लागि दिउँसोको समयमा बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार पहिरो रोकथाम गर्ने प्रयोजनका लागि आजदेखि लागू हुने गरी दुई साताका लागि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म सवारी साधन सञ्चालनमा रोक लगाइने भएको हो ।

उक्त समयमा नारायणगढबाट मुग्लिनतर्फ जाने यात्रुवाहक सवारी साधन १५ किलो र मालवाहक सवारी साधन दासढुङ्गामा रोकिने जनाइएको छ। यस्तै मुग्लिनबाट नारायणगढतर्फ आउने यात्रुवाहक सवारी साधन मुग्लिन र बेनिटार तथा मालवाहक सवारी साधन लेवाटार र आबुखैरहनीमा रोकिनेछ।

एम्बुलेन्स, शवबाहनलगायत अत्यावश्यक सवारी साधन सुरक्षा निकाएको समन्वयमा पास गराइने जिल्ला प्रहरी कार्यालय चितवनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments