स्वरसम्राट नारायण गोपालको २९ औँ स्मृति दिवस आज, विभिन्न कार्यक्रम गरी मनाइँदै

बिहिबार, मंसिर १९, २०७६



एउटा मान्छेको मायाले कति फरक पर्दछ जीन्दगीमा

एउटा साथीको साथले कति फरक पर्दछ जिउनुमा

दिपक जंगमको शब्द रहेको माथि उल्लेखित गीत स्वर सम्राट नारायाण गोपालको आवाजमा रहेको सर्वकालीन गीत हो ।आज उनै स्वर सम्राट नारायण गोपालको २९ औं स्मृति दिवस मनाईँदैछ । वि.स. १९९६ सालमा काठमाडौंको किलागलमा जन्मेका नारायण गोपालको २०४७ साल मंसिर १९ गतेका दिन निधन भएको थियो ।

लोकप्रिय गायनकलाकै कारण उनलाई स्वर सम्राटको उपाधि दिइएको थियो । स्वरसम्राटको स्मृतिमा नारायणगोपाल संगीत कोषले आज काठमाडौंमा विशेष कार्यक्रम गर्दैछ । महाराजगञ्जमा हुने कार्यक्रममा दुई संगीतकर्मीलाई सम्मान गरिने कोषले जनाएको छ ।

यसवर्ष गायक, संगीतकार र गीतकार जगत मर्दन थापा र संगीतकार रन्जित गजमेरलाई ताम्रपत्र सहित २५ हजार नगद राशीले सम्मान गर्न लागिएको हो । नारायणगोपालले २०२० सालमा रेडियो नेपालवाट स्वर परीक्षा पास गरेपछि गायन यात्रालाई निरन्तरता दिएका थिए ।

नारायण गोपाल पहिलो पटक स्वरपरीक्षमा अनुत्तीर्ण भएका थिए । चलचित्र माइतीघरमा पाश्र्वगायकको रूपमा गीत गाउन जाँदा गाउन नसकेर उनी अस्वीकृत भएका थिए  । पहिलो पटक स्वरपरीक्षमा अनुत्तीर्ण भएका गोपालले आफ्न जीवनअवाधिभर एक सय ३६ भन्दा धेरै गीत गाए ।

नारायण गोपालले लोकशैली नअपनाई शास्त्रीयतामा आधारित आधुनिक गीतको शुरूवात गरेका थिए । नेपाली आधुनिक सांगीतिक जगतमा नारायण गोपालको प्रवेश भएपछि गीत, संगीतको स्वर्णिम युगको शुरूआत भएको मानिन्छ । राष्ट्रीयता र राष्ट्रीय पोशाकका पक्षपाति नारायण गोपालको २०२६ सालमा दार्जलिङकी पेमला लामासँग अन्तरजातीय विवाह भएको थियो ।

नारायणगोपालका म त लालीगुारास भएछु, ए कान्छा ठट्टैमा यो वंश जान लाग्यो, मलाई नसोध कहा दुख्छ घाउ , मोहनी लाग्ला है, केहि मीठो बात गर , यो सम्झीने मन छ , एउटा मान्छेको मायाले लगायतका थुप्रै गीतहरु चर्चित छन् ।

यो सम्झीने मन छ म बिर्सू कसरी 
तिमी नै भनीदेउ हे जाने निष्ठुरी ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments