आरोप प्रयारोपले कांग्रेस माथि उठ्न सक्दैन नेता: नरहरि आचार्य

शनिबार, चैत्र १०, २०७४



काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य नरहरि आचार्यले आरोप–प्रत्यारोपले पार्टी माथि उठ्न नसक्ने बताएका छन् ।
उनले आरोप प्रत्यारोपले पार्टी माथि उठ्न नसक्ने भन्दै अहिलेको अवस्थामा सुधार गर्न सबै सदस्य जिम्मेवार र भविष्यमुखि बन्नुपर्नेमा धारणा राखेका छन् ।
नेपाली कांग्रेसको ९ गते देखि जारी रहेका बैठकमा आफ्नो धारणा प्रस्तुत गर्दै नेता आचार्यले उक्त कुरा बताएका हुन् । जारी केन्द्रीय समिति बैठकमा आफनो लिखित ४ बुँदे धारणा राख्दै आचार्यले कांग्रेसले आफ्ना राजनैतिक एजेण्डा अझ स्पष्ट पार्दै जैजानुपर्नेमा जोड दिए । उनले कांग्रेसको नेतृत्वमा ठूलो परिवर्तन भएपनि परिवर्तनपछि के गर्ने भन्ने दुविधा नेतृत्व तहमा देखिएको औंल्याए ।
हालैसम्पन्न निर्वाचन कांग्रेसको पक्षमा हुन नसकेपनि अब बिचलिन नभई नयाँ रणनीतिका साथ अघि बढ्नुपर्नेमा समेत उनले जोड दिए ।
आचार्यले पार्टी पुरानै ढर्रामा चलिरहेकाले अब समयसापेक्ष परिमार्जन गर्दै लगिनुपर्ने तथा संघीय गणतन्त्रलाई पूर्णता दिनुपर्नेमा समेत जोड दिए ।

नेता आचार्यले प्रस्तुत गरेको ४ बुँदे लिखित धारणा यस्तो छ ।

congress

106 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank Janata Bank