ट्रम्पको कट्टर आलोचक नान्सी पेलोसी प्रतिनिधी सभा अध्यक्षमा निर्वाचित

शुक्रबार, पुस २०, २०७५



न्यूयोर्क । डेमोक्रेटिक पार्टीका वरिष्ट नेता नान्सी पेलोसी अमेरिकी संसदको प्रतिनिधी सभाको अध्यक्षमा निर्वाचित भएकी छिन् ।

सन २००७ देखी २०११ सम्म प्रतिनिधी सभा अध्यक्षको पद सफलता पूर्वक निभाएकी पेलोसी एक मात्र महिला बन्दै उक्त पदमा दोस्रो पटक पुग्न सफल भएकी हुन् ।  पेलोसी १७ पटक सांसद पदमा निर्वाचित एक मात्र महिला हुन् । उनले संसदमा २००३ देखी २००७ र २०११ देखी २०१९ सम्म माइनोरेटि लिडरको भूमिका निभाएकी  थिइन् ।

७८ वर्षीया पेलोसीलाई राष्ट्रपति ट्रम्पले बधाई दिदैं भने, मेक्सीको सिमानामा अत्यन्त जरुरी छ । रिपव्लीकन पार्टीका उम्मेदवार केविन म्याक्यार्थीलाई हराउँदै अध्यक्ष बन्न सफल पेलोसीले ४३० सदस्य मध्येमा २२० भोट प्राप्त गर्न सफल भएको सिएनएनले जनाएको छ ।

अध्यक्षमा निर्वाचित भए सँगै संसदमा संम्बोधन गर्दै पेलोसीले भनिन् अमेरिकी सदन यस्तो टाउन हल हुनु पर्छ । जहाँ मानिसहरुको आवाज सुन्न पाइयोस ।

उनले अमेरिकी दुई दलिय व्यवस्थामा रिपव्लीकन पार्टी सँग मिलेर काम गर्ने आशा राख्दै यस्तो किसिमको समर्थन कहिल्यै नमिलेको बताएकी छिन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata