यी हुन् विश्व बडी–बिल्डिङमा कास्य जित्ने पहिलो नेपाली महिला

सोमवार, मंसिर २०, २०७३



यी हुन् नेपाली महिला बडी–बिल्डर ननिता महर्जन जसले अन्तर्राष्ट्रिय बडी–बिल्डिङ प्रतियोगितामा नेपाललाई ऐतिहासिक सफलता दिलाउन सफल भएकी छिन् । उनले थाइल्यान्डको पटायामा आइतबार बेलुकी सम्पन्न ‘आठौं डब्लुबिपीएफ विश्व शारीरिक सुगठन तथा स्पोर्ट्स फिजिक च्याम्पियनसिप’ मा कास्य पदक जितेकी हुन्। ३१ वर्षीय ननिता महिला ‘एथलेटिक फिजिक’ को १ सय ६५ सेन्टीमिटर उचाइमा सहभागी भएको थिइन् ।

ननिताले आफ्नो पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामै नेपाललाई पदक दिलाएकी हुन्। आफ्ना परिवारसहित थाइल्यान्डको पटायास्थित अम्बास्डर सिटी होटलको कन्भेन्सनल हलमा आयोजना भइरहेको यो प्रतियोगिता खेल्न यसै साता नेपालबाट गएकी ननिताले आफ्नो सफलता प्रति खुसी व्यक्त गरिन्। उनले भनिन, मेरो  सफलताको श्रेय मेरो घर परिवार र  प्रशिक्षकलाई जान्छ ।

साथै सफलताको खुसियाली सम्पूूर्ण देशबासी, विशेषगरी सबै महिला दिदी–बहिनीमा समर्पण गर्ने समेत उनले बताएकी छिन् ।

सात वर्षको छोराकी आमासमेत रहेकी ननिताले दुई महिनाअघि काठमाडौंमा अयोजना भएको महिला बडी–बिल्डिङको उपाधि जितेकी थिइन्। यो प्रतियोगिताका लागि उनले कडा मेहनत गरेकी थिइन्।

ननिताले फाइनलमा चाइनिज ताइपेईकी सुन सु तिङ र इटालीकी एलेसान्ड्रा डा सिल्भालाई पछि पार्दै कास्य पक्का गरेकी हुन्।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments