नरेन्द्र मोदीको बखान गर्ने ‘नमो टिभी’ माथि चुनाव आयोगले लगायो सेन्सर

शुक्रबार, चैत्र २९, २०७५



काठमाडाैं- भारतीय निर्वाचन आयोगले चुनावी आचारसंहिता उल्लंघन गरेको आरोप लगाउँदै ‘नमाे टिभी’लाई कुनै पनि चुनावी सामाग्री प्रशारण गर्न राेक लगाएकाे छ। भारतीय लाेकसभा निर्वाचन घाेषणापछि सतहमा आएकाे उक्त टिभीलाई बिना अनुमति कुनै पनि चुनावलक्षित सामाग्री प्रशारण नगर्न चुनाव आयोगले आदेश दिएकाे छ।

सो टेलिभिजनले प्रधानमन्त्री नरेन्द्र मोदीको भाषण तथा भारतीय जनता पार्टी (भाजप)० समर्थित सामग्री प्रसारण गर्दै आएको थियो । यसलाई निर्वाचन आयोगले ‘आचारसंहिता उल्लंघन’ भनेको हो ।

आयोगले नमाे टिभीलाई ‘मिडिया सर्टिफिकेसन एन्ड मोनिटरिङ कमिटी (एमसिएमसी) ले प्रमाणित गरेका सामग्री मात्र प्रशारण गर्न दिन भनेकाे छ। साथै आयोगले दिल्लीका प्रमुख निर्वाचन अधिकारीलाई नमो टिभीका सामग्रीमा निगरानी गर्नपनि  आदेश दिएको छ ।

namo tv

दिल्लीका मुख्य निर्वाचन अधिकारीलाई चुनाव आयोगले पठाएकाे पत्रमा भनिएकाे छ, ‘नमाे टिभीमा एमसिएमसी कमिटीबाट प्रमाणित नभएका सामाग्री तपाईंकाे पनि मञ्जुरी बिनै प्रशारण भइरहेकाे छ।’

चुनाव आयोगले नमो टिभी एक राजनीतिक पार्टीद्वारा सञ्चालित टिभी भएकाे समेत ठहर गरेकाे छ। ‘टिभीमा देखाइने सबै राजनीतिक सामग्रीहरु- रेकर्ड गरिएका कार्यक्रम तथा राजनीतिक विज्ञापन प्रशारणका लागि पनि मञ्जुरी लिन जरुरी छ,’ पत्रमा भनिएकाे छ।

अनुमति नलिई अहिले प्रसारण भइरहेका सामग्री तत्काल रोक्न र कुनैपनि राजनीतिक सामाग्री प्रशारण गर्नु अगाडि अनिवार्य अनुमति लिनसमेत टिभीलाई चेतावनी दिएको  छ।

यो टेलिभिजन विरुद्ध कांग्रेस र आम आदमी पार्टीले चुनाव आयोगमा उजुरी दिएका हुन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata