सीमा विवादबारे आज सर्वपक्षीय बैठक

शनिबार, कार्तिक २३, २०७६



काठमाडौं । नेपालको कालापानी क्षेत्रमा पर्ने लिम्पियाधुरा, लिपुलेकका विषयमा पछिल्ला दिनमा देखिएका सीमा विवादबारे परामर्श गर्न आज(शनिबार) सर्वपक्षीय बैठक बस्दैछ ।

कालापानीका विषयमा परामर्श गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा आज अपराह्न ४ बजेका लागि सर्वपक्षीय बैठक बोलाएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले  जानकारी दिए ।

उनले भने, “सीमा विवादका विषयमा सरकारले आफ्नो धारणा स्पष्ट पारिसकेको छ । प्रतिपक्षी दलहरुले पनि धारणा ल्याइसकेका छन् । सीमा समस्याको विषयमा कसरी अगाडि बढ्ने भन्ने विषयमा दलहरुसँग छलफल गर्नुहुनेछ ।” उनले सीमा समस्यालाई कुटनीतिक ढङ्गले कुरा अगाडि बढाइने समेत बताए ।

उनले प्रमुख प्रतिपक्षी पार्टी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालगायत पूर्व परराष्ट्रमन्त्रीहरूसमेत बैठकमा आउने जानकारी दिए ।

कालापानी क्षेत्रलाई समेटेर भारतीय पक्षले राजनीतिक नक्शा सार्वजनिक गरेपछि त्यसविरुद्ध नेपालमा प्रदर्शन हुँदैआएका छन् । परराष्ट्र मन्त्रालयले बुधबार विज्ञप्ति जारी गर्दै कालापानीबारे भारतको एक पक्षीय निर्णय मान्य नहुने बताइसकेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata