औरंगाबादमा नक्सलवादीको आक्रमण- ६ गाडीमा आगजनी

आइतवार, पुस १५, २०७५



विहार । भारतीय राज्य विहारको औरंगाबाद जिल्लाको देब भन्ने स्थानमा नक्सलवादीले भीषण आक्रमण गरेका छन् । आक्रमणकाे दौरान चलाइएको गोली लागी एक व्यक्तिको मृत्यु भएको छ भने ६ वटा गाडीमा आगजनी गरिएको प्रहरीले जनाएको छ ।

घटनाको दौरान एक सामुदायिक भवन नक्सलवादीले विस्फोटमा उडाइदिएका छन् । आक्रमणको समय भारतीय सुरक्षा फौज सिआरपिएफ र जिल्ला प्रहरी रहेको भए पनि उनीहरुले करिब सय राउण्ड फाइरिङ गर्दै घटना स्थलबाट हिंडेका थिए ।

डिसेम्बर महिनाको पहिलो हप्ता पट्नाको नौबतपुर थाना क्षेत्रमा प्रतिवन्धित संगठन पिपुल्स वार ग्रुप (पिडब्लुजी) को नक्सलबादी नेता उदय यादबको प्रहरील हत्या गरेको बदला लिन यस्तो घटना घटाएको हुन सक्ने प्रहरीले आशंका गरेको छ ।

भारी मात्रामा हातहतियारले सुसंञ्जित नकसलवादीहरु ताण्डव नृत्य मचाउँदै हिंडेपछि प्रहरी सक्रिय भएको स्थानीयले जनाएका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata