नक्कली नोट छाप्ने मेसिनसहित बौद्धबाट तीन जना पक्राउ

सोमवार, कार्तिक ४, २०७६



काठमाडौं । प्रहरीले काठमाडौंको बौद्धस्थित नयाँबस्तीबाट नक्कली नोट छाप्ने मेसिनसहित तीन जनालाई पक्राउ गरेको छ । उनीहरुका साथबाट ५० हजार बराबरका नक्कली नेपाली नोट पनि बरामद गरिएको प्रहरीले जनाएको छ ।

महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनीहरुलाई आज बिहान पक्राउ गरेको हो । पक्राउ परेका तीनै जनाको घर दोलखा रहेको प्रहरीले जनाएको छ । उनीहरुको नाम भने सार्वजनिक गरिएको छैन ।

दशैंका बेला उनीहरुले ठूलो मात्रामा नक्कली नोट बजारमा पठाएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ । प्रहरी नियन्त्रणमा रहेका तीनै जनाको अनुसन्धान भइरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata