तिम्रा सपना र मेरा यादहरु

बिहिबार, फाल्गुन २४, २०७४



नहकुल जोशी

अहिले पनि मेरो सम्झनामा छ
गुडँ उजाडेर रूवाबासि गरिरहेका बचेराहरूको आवाज,

थला परेकि मेरी आमाको पाखुरा छेडेर निश्किएको रगतले भुइमा बनेको टाटो,
स्कुल गएकी मेरी छोरीको निमोठिएको हत्केलो,
घरका भित्तामा बनेका खोपिल्टा,

आगनमा बनाइएको बङकरको धर्सो,
चन्दमालाइ बादलले छेक्दा तिम्रो होस हवास उड्थ्यो
जहाँ बाट तिमी दुश्मनको अदृश्य अन्दाज लगाउथ्यौ ।

अहिले पनि मेरो सम्झनामा छ,
च्यात्तिएका जुता भित्रका फाटेका पैतला बोकेर एक जमात,
तिम्रो मोर्चा पछि दौडिरहदा,

मिनेशभर शहारा विना नबाच्ने ठूलीआमाको हृदय घात भएको,
नव विबाहिता दुलही संग पहिलो रात सुत्न नपाएर माइलो, झोला बोकेर निश्केको,
एस एल सि परीक्षाको तयारी गर्न सदरमुकाम जादै गरेको युवा जमात अपहरणमा परेको,

मलाई राम्रोसँग याद छ,
मध्यरातमा ढोका ढकढकाएर पेट पुजा गर्थ्यौ
र गरिवीले निचोरिएका संग सपना बाड्थ्यौ
अव कायाप्लट हुनेछ,

कोहि गरीब हुनेछैन,
कोहि दीनदुखी हुनेछैन,
विचरी आमा मनमनै भरोसा राख्थिन,

उनले बगायका निसृप्त आँशुका धर्साले संकेत गर्थ्यो
मेरा सन्तानले म जस्तो दुख पाउने छैनन अव ।
अहिले पनि मेरो सम्झनामा छ,
तिमिले बाडेका सपना पुरा गर्ने दिनको बागडोर तिम्रो हातमा आएको,
भरोसका भर्याङ पर्खिरहेकाहरू तिर नजर अन्दाज गरेर, तिमी मदहोसि भइरह्यौ ।

मलाई यो पनि थाहा छ,
कालो सिसाको पर्दा लगाएर तिमीले सवार चलाउदा,
मेरा कयौं दिनको वेतन खोसिएको,

फुटपातका ब्यापारीको गास काटीएको,
तिमीले यसरी दशक वितायौ,
आफ्ना सपनाको स्वर्गे गरेर ।
अझै मेरो सम्झनामा रहने छन
तिम्रो भरणोबृतिका लागि खाडि पसेकाहरूले विप्रेषण नभरे,

ठुलदाई दाहिने नभए, क्राइष्टको कृपा नभए,
टिला परेका ओठ लिएर हात पसार्ने छौ,

तव तिम्रो तालुमा उनीहरू केहि झोला थोपर्नेछन ।
रजनोबृति नभएको मुना,

जव भोका गिद्धहरूको बिचमा पर्नेछ,
तव ब्रमाण्डबाट फुत्किएको नक्षत्र झै उछिट्टिने अबश्य छन,
तिम्रा सपनाहरू र मेरा यादहरू ।

215 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank