राधाको चिरहरणका साक्षी कृष्ण (कविता)

शनिबार, फाल्गुन २६, २०७४

- नहकुल जोशी



अहिले तिनी कृष्ण, कहाँ होलान ?
कुनै एक राधाको आलिङगनमा ब्रह्माण्ड भुलेका छन् ।

मोहना किनारमा नुहाउदै गरेका रुक्मीणीको अर्धनग्न स्वरुप चिहाउदैछन,
या द्रौपतीको साडी लब्याउदैछन्

या त कौरवहरुको बाणले अर्धबेहोस बनेका अर्जूनलाई युद्धका लागि लल्कारी रहेका छन
मथुरा नगरीका नर्तकी संग राजगद्धी जगमगाई रहेका छन ।

थाहा छ कृष्ण, हिमालयको फेदीमा के भएको छ
कैलाली ग्रामको गोकुल बनमा हिजो तिम्रै राधालाई ।

कसरी भनु कृष्ण कसरी,
तिम्रै युद्ध प्रेरणाको पाठ गरि रहेको देव आत्माले राधा बोक्सी रे,

राधा डायना रे,
यति मात्र होर तिम्री प्रियसी राधालाई मुक्का र लाद हानियो,

तिम्री राधालाई मलमुत्र ख्वाइयो, तर तिमी दर्शक बन्यौ किन ?
म विबस छु कृष्ण तिमीलाई यो प्रश्न गर्न,

तिम्री राधाको पिडाले तिम्रो मुटुमा कुनै आत्माले छोएन,
तिम्रै सनातन साश्वत विधान मान्ने ठेकादार नै हुन राधालाई लात्ता हान्ने,

तिम्रै आठौ अवतारका अनुयायी हुन मुक्का हान्ने र पनि तिमी चुपचाप छौ किन ?
मलाई तिम्रो निन्दा गर्न मन छ

मलाई तिम्रो अपमान गर्न मन छ
मलाई तिमी कलंक सावित गर्न मन छ

तिमीलाई हेक्का होस म तिम्रा विरुद्ध जाहेरी दिदैछु मेरो देशको सरकारलाई,
भरे तिमी लावण्य देशको पशुपति नगरको अदालतमा उपस्थित हुनुपर्छ

र बयान दिनु पर्छ,
राधाको चिरहरण हुने बेला मैले नदेखे झै गरेकै हो ।

मैले मेरा पहरे दारलाई बन्दुक दिएर सिकार गर्न पठायको थिए,
गोकुल नगरीका सखाहरुलाई मैले भनेको थिए यी कलियुगका राधाहुन ।

जवाफ दिनु पर्छ कृष्ण,
कलियुगको नगरा ठोकेर राधाहरुको सम्मान जनक वाच्न पाउने अधिकारको हनन किन ?

 

180 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank