एमालेका युवा उम्मेदवार पाएर नागार्जुन – ४ दङ्ग

बुधबार, बैशाख २०, २०७४



नागार्जुन नगरपालीकामा अधिकांश राजनीतिक दलले युवा उम्मेदवार दिएका छन । जसबाट नागार्जुनबासी दङ्ग देखिएका छन् । नागार्जुनमा नेकपा एमालेले प्राय सबै तहमा आफ्ना युवा उम्मेदवारहरुलाई अघि सारेको छ । प्रमुख राजनीतिक पार्टीहरु नेपाली कांग्रेस,नेकपा एमाले,माओवादी केन्द्र र राप्रपाको मुख्य भिडन्त रहने नागार्जुनमा अहिले चुनावी सरगर्मी निकै तातिएको छ ।
साविकको सीतापाईला भिमढुंगा,स्युचाटार र इचंगु गाविस मिलेर बनेको नागार्जुन नगरपालीकामा यतिखेर कुन राजनीतिक दल अगाडी आउने सबैको चिन्ता र चासोको बिषय बनिरहेको छ  ।

jk

स्थानीय निकायको चुनावका लागि एमालेका तर्फबाट मेयरमा कृष्णहरी खत्री र उपमेयरमा सुशीला अधिकारीले उम्मेदवारी दिएका छन ।नागार्जून नगरपालीका अन्तर्गत वडा नं ४ बाट एमालेबाट अध्यक्षको उम्मेदवारमा  करुण कुमार बलामीलाई उठाएको छ भने  सदस्यहरुमा बिश्वेश्वर प्रसाद ढुंगाना,बिष्णुहरी भट्टराई,सुशीला नेपाल,रिना गजमेर रहेका छन् । यस अघिको निर्वाचनमा विभिन्न पार्टीको मिश्रीत भोट रहेको यस नगरपालीकामा यसपटक एमालेको जनलहर बढेको अध्यक्ष बलामी बताउदछन् ।

2376 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank