नागा उग्रबादीलाई पिटेर मारियो

आइतवार, कार्तिक १८, २०७५



गुहाटी । भारतको आसाम राज्यको कछार जिल्लामा दुई नागा उग्रवादीलाई पिटेर मारेको स्थानियले जनाएका छन् ।  स्थानियले बताए अनुसार, उग्रवादीहरु ठूलो संख्यामा हतियार ओसार पसार गर्दै गरेको समय स्थानिय जनताले समातेर मारेका हुन् ।

स्थानियको आक्रमणमा परि दुई नागा उग्रवादकिो मृत्यु भएसँगै अन्य केही उग्रवादी स्थानियलाई आक्रमण गर्दे भागेको प्रहरीले जनाएको छ । गत नोभेमबर २ तारिखको दिन आसामको तीनसुकिया जिल्लाको खेरोनीमा उल्फा उग्रवादीले ५ स्थानियलाई गोली हानी हत्या गरेका थिए ।

मारिएका मध्ये तीन एकै परिवारको रहेको प्रहरीले जनाएको छ । प्रहरीले बताए अनुसार अत्याधुनिक हतियारले सुसञ्जीत उल्फा विद्रोही गाउँमा प्रवेश गर्दै घरबाट बाहिर निकाल्दै गोली हानी मारेका थिए । सो घटनापछि स्थानिय नागा विद्रोही प्रति अत्यन्त आक्रोसित भएका थिए । नागा मारिएसँगै प्रहरीले ठुलो मात्रामा हतियार बरामद गरेको छ ।

120 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank