कुनै पनि सदस्यले कालोबजारी र ठगी गरेका छैनन्ः नाडा

आइतवार, माघ २१, २०७४



काठमाडौँ । नाडा अटोमोबाइल्स एशोसिएशनअफ नेपालले स्वतन्त्र रुपमा व्यापार-व्यवसाय गर्न पाउने संवैधानिक हक हनन् हुने गरी समाचार सम्प्रेषण नगर्न अनुरोध गरेको छ । नाडाका महासचिव कृष्णप्रसाद दुलालले विज्ञप्ती जारी गरी भनेका छन् ‘नेपालमा सबैभन्दा बढी राजश्व लगभग १ खर्बको हाराहारीमा सवारीसाधनबाट असुल भइरहेको छ । बीसौं लाखले प्रत्यक्ष–अप्रत्यक्ष रुपमा रोजगारी पाइरहेका छन्, लागत हेर्ने निकाय भनेको ठूला करदाता/आन्तरिक राजश्व कार्यालयको हो र ती निकायहरुमा पेश गरेका आयविवरण बमोजिम यस एशोसिएशनका कुनै पनि सदस्यहरुले मुनाफाकै कारणले कालोबजारी र ठगी गरेका छैनन् भन्ने कुरामा विश्वस्त हुन सरोकारवाला सबैमा जानकारी गराउदँछौ ।’

अनुसन्धानमा प्रभाव पर्ने गरी विभिन्न सञ्चारमाध्यमबाट समाजमा भ्रम उत्पन्न गरेको ठहर नाडाको छ । ‘अहिले केही सदस्य प्रतिष्ठानहरुको अनुसन्धान हुँदै गर्दा २०३२ सालमा बनेको कालोबजार तथा केही सामाजिक अपराध ऐनको हवाला दिंदै मुलुकी ऐनको ठगीको महलको कसुरमा सजाय गर्न प्रहरीलाई लेखी पठाएको भन्ने सम्बन्धमा हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ ।’

प्रचलित सर्वमान्य लेखाको पद्धति बमोजिम गणना गरी लगानी गरेबापत सामान्य मुनाफा जोडी विक्री मुल्य कामय गर्ने गरिएको समेत विज्ञप्तीमा स्पष्ट पारिएको छ । ‘नेपालमा आयात हुने सवारी साधनमा लाग्ने भन्सार, अन्तःशुल्क, मूल्यअभिवृद्धि कर लगायतका राजश्व तिरी बुझाइ सोमा लाग्ने प्रत्यक्ष लागत खर्च, बैंकको ब्याज, प्रशासनिक खर्च, बजारीकरण खर्च लगायतका नियमित खर्च जोडि लागत गणना गर्ने प्रचलित सर्वमान्य लेखाको पद्धति बमोजिम गणना गरी सो लगानी गरे बापत सामान्य दरको मुनाफा जोडि बिक्रीमूल्य कायम गरी कारोबार गर्ने गरिएको छ । आर्थिक ऐन बमोजिम यसरी गणना गरिएको बिक्रीमूल्य प्रत्येक चार-चार महिनामा प्रकाशित गरी सरोकारवाला सबैलाई सुसुचित समेत गराउने गरिएको छ ।’ विज्ञप्तीमा भनिएको छ ।

सरकारका कुनै पनि निकायले गर्ने अनुसन्धानमा एशोसिएशनको सदैब सहयोग रहने प्रतिबद्धता व्यक्त गर्दै नाडाले प्रचलित कानुन र संविधानले दिएको हक प्रचलन गर्न गराउन सहयोग पु¥याई दिन अनुरोध समेत गरेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata