युवालाई स्वदेशमै रोजगारी – उद्योगमन्त्री जोशी

बिहिबार, पुस २८, २०७३

loading...


भक्तपुर । उद्योगमन्त्री नविन्द्रराज जोशीले आगामी १० वर्षभित्र देशका युवालाई स्वदेशमै रोजगारीको सिर्जना गर्ने बताएका छन् ।

विहिवार भक्तपुरको सूर्यविनायक नगरपालिकाको तेस्रो नगर परिषद्को नीति, बजेट तथा कार्यक्रम सार्वजनिक कार्यक्रममा बोल्दै उनले १० वर्षपछि यहाँका युवाले रोजगारीका लागि विदेश पलायन हुनु नपर्ने बताए ।

उद्योगको विकासले मात्रै अहिले देखापरेको रोजगारीको चुनौतीलाई चिर्न सक्नेमा जोड दिँदै उनले युवा लक्षित उद्योगको विकास जरुरी रहेकाले सरकारको ध्यान यसतर्फ केन्द्रित भएको जानकारी दिए । मन्त्री जोशीले देशको विकासका लागि सबै एकजुट हुनुपर्नेमा जोड दिए।

कार्यक्रममा सांसद रामेश्वर ढुङ्गेल, केदार सञ्जेल र अनुराधा थापामगरले स्थानीय निकायको निर्वाचन छिटो गर्नुपर्नेमा जोड दिएका थिए । नगरपालिकाका कार्यकारी अधिकृत यामलाल अधिकारीले आव २०७४÷७५ का लागि रु १९ करोड ४५ लाख ४८ हजारको बजेट सार्वजनिक गरेका थिए ।

नगरपालिकाको आन्तरिक स्रोतबाट रु छ करोड ५५ लाख, बाह्य स्रोतबाट रु १२ करोड ९० लाख ४८ हजार, चालु खर्चतर्फ रु पाँच करोड ३५ हजार र पुँजीगत खर्चतर्फ रु १४ करोड ४५ लाख १३ हजार विनियोजन गरिएको अधिकारीले जानकारी दिए ।

233 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv