प्रधानमन्त्री ओलीको प्रमुख आतिथ्यमा एमाले सांसद नविना लामाको बिवाह हुँदै

बिहिबार, बैशाख १३, २०७५



काठमाडौँ । नेकपा एमालेकी सांसद तथा अनेरास्ववियुकी अध्यक्ष नविना लामाले आज बिवाह हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आथित्यमा लामाको अनेरास्ववियुका पूर्व केन्द्रीय सदस्य प्रविन श्रेष्ठबीच बिवाह हुने भएको हो । बिबाहको सम्पूर्ण व्यवस्थापन अनेरास्ववियुले गरेको छ ।

लामाको बिवाहमा देशभरबाट करिव तीन हजार जनाको उपस्थित हुने अनेरास्ववियूले जनाएको छ । लामाले सामाजिक सञ्जाल फेसवुक मार्फत आफ्नो शुभबिवाहको निमन्त्रणा समेत दिएकी छन् । उनले जन्म विवाह र मृत्यु भनेको “ ब्यतेत , इच्छा र अनिवार्य “ भएको उल्लेख गरेकी छन् ।

उनले लेखिकी छन्  मेरो ब्यस्तता र केही प्राबिधिक कारणबस मेरो बिवाह कार्यक्रमको निमन्त्रणा कार्ड प्राप्त गर्न छुट्नु भएका आफन्त,मान्यगण,नेता,प्रत्रकार र कार्यकर्ता, शुभेच्छुक र साथिहरु प्रति क्षमा माग्दै यसै फेसबुक स्टाटस मार्फत शुभ बिबाह कार्यक्रममा सरिक भइदिन हुन हार्दिक निमन्त्रणा गर्दछु।  उनको विबाह आर्मी अफिसर्स क्लब,भद्रकालीमा बिहिबार दिउसो एक वजे तय भएको छ ।

324 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank