भ्रष्टाचार गर्ने जुनसुकै तहतप्का भए पनि कार्बाही गरेर छाड्छु : आयुक्त घिमिरे

शनिबार, कार्तिक १७, २०७५



बाँके । अख्तियार दुरपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त नविन कुमार घिमिरेले समाजमा भ्रष्टाचार गर्ने जुनसुकै तह र तप्काका भए पनि कार्बाहीको दायरामा ल्याएरै छोड्ने बताएका छन् ।आयुक्त घिमिरेले समाजमा भ्रष्टाचार मौलाउँदै गएको भन्दै कडा निगरानी बढाउन आवश्यक भएको बताए ।

अख्तियार दुरपयोग अनुसन्धान आयोगको बुटवलको नेपालगञ्ज सम्पर्क कार्यालयको नवनिर्मित भवनको शनिवार उद्घाटन गर्दै प्रमुख आयुक्त घिमिरेले उक्त कुरा बताएका हुन् । उनले भ्रष्टाचारबाट टाढा रहेर काम गर्न कर्मचारीहरुलाइ निर्देशन समेत दिए ।

कोहलपुरमा कार्यालय स्थापनासँगै अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय शनिबार देखि नेपालगञ्जबाटै संचालनमा आएको छ ।

138 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank