नबिल बैंकले दियो ब्याजदर घट्ने सङ्केत

मङ्लबार, कार्तिक ७, २०७४

loading...


काठमाडौं । नबिल बैंकले असोजको आधार दर सार्वजनिक गर्दै ब्याजदर घट्ने संकेत दिएको छ। बैंकले एक सूचना मार्फत आधार दर ६.६९ प्रतिशत कायम हुन आएको भन्दै ऋणकर्जाको ब्याजदर परीवर्तन हुने जानकारी गराएको छ।

बैंकले मुद्दती निक्षेपमा अधिकतम ९.६९ प्रतिशत ब्याज दिने बताएको छ। मुद्दती निक्षेपमा आधार र कुपन रेटमा जुन बढी हुन्छ त्यसमा ३ प्रतिशत थप गरि मुद्दती निक्षेपको ब्याजदर तय हुने बैंकले जनाएको छ।

त्यस्तै कर्जाको ब्याजदर अधिकतम १३.४४ प्रातिशत हुन सक्ने बैंकले जनाएको छ। नबिल इजी लोन अन्तर्गतको टर्म लोनमा आधार दरमा ४.७७ देखि ६.७५ प्रतिशतसम्म थप गरि कर्जा प्रवाह गर्ने बैंकको भनाइ छ।

त्यस्तै बैंकले १०.१९ प्रतिशतदेखि १३१९ प्रतिशत सम्ममा सेयर धितोकर्ता प्रवाह गर्न सक्ने बताएको छ। आधार दरमा न्युनतम ३५० प्रतिशत देखि ६५० प्रतिशतसम्म थप गरि सेयरधितो कर्जा प्रवाह गर्ने बैंकले जनाएको छ। यद्दपी बैंकहरुसंग तरलता अधिक रहेकाले ब्याजदर घटाएर कर्जा प्रवाह गर्न सक्ने भएकाले सेयरधितो कर्जा सिंगल डिजिटसम्म आउन सक्ने अपेक्षा गरिएको छ।

183 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Nic Asia
dashain suvakamana
Janamat health right side janta bank saral flyer Below blog adv