‘तपाइँ जन्मिएकै दिन एक वर्षको हुनुभयो ।’ मान्नुहुन्छ ?

बुधबार, जेष्ठ २९, २०७६



एजेन्सी । तपाईलाई कसैलाई आफ्नो उमेर बताउँदा कसरी बताउनुहुन्छ ? कुन बार, कति गते र कुन साल तपाइँ जन्मिएको हो, त्यसको एउटा निश्चित मिति तपाइको दिमागमा हुन्छ । तपाइँ त्यहीं मिति बताउनुहुन्छ  । अर्थात तपाइँले यस धर्तिमा पाइला टेकेको दिनलाई तपाइँ पहिलो दिन मान्नुहुन्छ । तर तपाइँ जन्मिएको पहिलो दिन नै तपाइँको उमेर एक वर्ष पुरा भइसकेको उमेर हो भनेर भनियो भने तपाइँ स्विकार्नु हुन्छ ?

तर विश्वमा एउटा यस्तो देश पनि छ, जो बच्चा जन्मिएकै दिन एक वर्ष पूरा भएको मान्ने गर्छन् । पूर्वी एसियामा अवस्थित एउटा राष्ट्र ‘दक्षिण कोरिया’मा उनीहरुको आफ्नै राष्ट्रिय उमेर बताउने प्रणाली छ ।

अन्तर्राष्ट्रिय उमेर बताउने प्रणाली दक्षिण कोरिया बाहेक अन्य देशहरुमा लागु हुँदै आइरहेको छ । अन्तर्राष्ट्रिय उमेर बताउने प्रणाली अर्थात अन्तर्राष्ट्रिय उमेर भनेको जन्मिएको मितिअनुसार विश्वभर अपनाइने गरिएको सामान्य उमेर प्रणाली हो ।

दक्षिण कोरियाका नागरिकहरु विदेशीहरुलाई आफ्नो उमेर बताउँदा दुईवटा सङ्ख्या उल्लेख गर्ने गर्दछन् – अन्तर्राष्ट्रिय र राष्ट्रिय । राष्ट्रिय उमेर बताउने प्रणाली अर्थात कोरियनहरु बच्चा जन्मिएकै दिन नै एक वर्ष पूरा भएको मान्ने गर्छन् ।

अर्थात कोही १९९० जनवरीमा जन्मिएको छ भने ऊ कोरियामा तीस वर्षको हुन्छ । यति मात्र नभएर प्रत्येक नयाँ वर्षको दिन उनीहरुको उमेर थप एक वर्षले बढेको मानिन्छ । जस्तै सन् २०१८ को डिसेम्बरमा जन्मिएको बालक, २०१९ जनवरी १ मा दुईवर्ष पूरा हुन्छ । अधिकांश कोरियालीहरुले दैनिक जीवनमा यही उमेर प्रणालीको प्रयोग गर्ने गरेका छन् ।

यस्तोमा वर्षको अन्तिमतिर जन्मिएकाहरुको उमेर सबैभन्दा द्विविधापूर्ण हुने गरेको छ । जसकारण धेरैले त्यो समयमा बच्चा जन्माउन नचाहेको र आपत्कालीन अवस्थामा समेत महिलाहरु अर्को वर्षको सुरुवातसम्म पर्खिने अडान लिने गरेको चिकित्सकहरु बताउँछन् । त्यस्तै अर्कोतर्फ अन्तराष्ट्रिय मान्यता र कोरियाली उमेरबीच ठूलो भिन्नता हुने गर्दा यसले द्विविधा उत्पन्न गराउनुका साथै प्रशासनिक खर्च पनि बढाउने गरेको सांसद ह्वाङ जु होङ बताउँछन्, जो यस प्रणालीलाई बदल्न समर्पित रहेका छन् ।

वास्तवमा यो प्रणालीमा बच्चाको उमेर आमाको गर्भदेखि नै गन्ती हुने गरेको छ, जबकी हामीले बच्चाको जन्मपछि उसको उमेर शुन्यबाट शुरु गर्ने गरेका छौँ । यसरी यो परम्पराको उत्पति चीनबाट भएको हो र जापान, भियतनामलगायत विभिन्न एसियाली मुलुकहरुमा लागू हुन्थ्यो । तर अझैसम्म यसैको प्रयोग गरिरहनेमा दक्षिण कोरिया मात्र पर्दछ । चीनमा अहिले यसको अत्यन्तै कम प्रयोग हुने गरेको छ । यता जापानमा पनि १९५० देखि अन्तर्राष्ट्रिय प्रणाली अपनाउने कानुन ल्याइएको हो र परम्परागत प्रणालीको प्रयोग २० औँ शताब्दीदेखि प्रतिबन्ध लगाइएको छ । यता उत्तर कोरियाले समेत अन्तराष्ट्रिय उमेरलाई नै मान्यता दिन्छ तर मितीका लागि भने आफ्नो छुट्टै पात्रो प्रयोग गर्दछ ।

यसैले कोरियाको उमेर प्रणालीलाई विश्वकै सबैभन्दा असाधारण मानिन्छ र यसअघि पनि हजारौँ नागरिकहरुले लिखित पत्रमा हस्ताक्षर गरि सो प्रणाली हटाउन माग गरिसकेका छन् । यसैकारण ह्वाङले यसलाई हटाएर सधैँ अन्तराष्ट्रिय उमेर मात्र प्रयोग गर्ने सम्बन्धी कानुनी प्रस्ताव पेश गरेका छन् । विशेषगरी अन्तराष्ट्रिय परिवेशमा यसलाई अनौठो मानिने प्रति नागरिकहरुले पनि चिन्ता व्यक्त गर्ने गरेका छन् । जस्तै असोसिएट प्रेसले दक्षिण कोरियाबारे कुनैपनि समाचार लेख्नु अगाडि उनीहरुको उमेर नभएर पूरा जन्ममिति सोध्ने गरेको छ ।

– सीएनएन

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata