प्रहरी हौँ भन्दै रकम असुल्ने पक्राउ

शुक्रबार, बैशाख १४, २०७५



चितवन । आफूलाई प्रहरी हौँ भन्दै रकम उठाउँदै हिँडेका ३ जनालाई जिल्ला प्रहरी कार्यालय चितवनले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा भरतपुर महानगरपालिका वडा नम्बर १० बस्ने टुकमान घले, वडा नम्बर २ बस्ने असमान गुरुङ र सुनिल मगर रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

नारायणगढको पुल्चोकमा व्यपारीहरुसँग प्रहरी हौ भन्दै रकम मागीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता प्रहरी नायव उपरिक्षक प्रभु ढकालले बताए ।

सादा पोशाकका प्रहरी हौँ भन्दै सर्वसाधरण र व्यपारीसँग धम्काउने र रकम माग्ने गरेको पाइएको बताउँदै ढकालले थप अनुसन्धान भइरहेको र कानुनी प्रकृया अगाडि बढाइएको जानकारी दिए ।

74 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank janata bank(nari) Janata Bank