‘क्रिसमस ट्री’को बनोट र यस सम्बन्धि पुरातन मान्यता

सोमवार, मंसिर ३०, २०७६



एजेन्सी । क्रिसमस डे (२५ डिसेम्बर) नजिकिएसँगै क्रिसमस ट्रीको खरिदविक्री पनि बढेको छ । यस उत्सवमा खरिदकर्ताहरूले  क्लासिक आकार, रमणीय सुगन्ध र नर्डम्यान फर्मको नरम सुइहरू मन पराउँछन् । यो युरोपको सबैभन्दा लोकप्रिय क्रिसमस ट्री  हो । यस प्रकारको रुख बजारमा ६०% भन्दा ज्यादा खपत हुने गर्दछ ।

युरोपेली नर्सरीहरूले जर्जिया गणराज्यको राचास्थित हिमाली क्षेत्र यस रुखको बिउको लागि योग्य जमिन हो । बेलायतमा २ मिटर अग्लो रुखको मूल्य ५० युरो देखि ७० युरोस(७०-९२ डलर) पर्न जान्छ । उसो त् प्राय व्यक्तिहरू यसको चार गुणा मूल्य तिर्न समेत बाध्य छन् । जर्जिया ट्रांसकाकेशिया क्षेत्रको केंद्रवर्ती तथा पश्चिमी भागमा कृष्ण सागरको दक्षिण-पूर्वी किनारामा पर्ने एउटा देश हो ।

तर केहि वर्षअघि सम्म यस्तो थिएन । नर्डम्यान फाइहरू जर्जियाको बजारमा सस्तोमा उपलब्ध थिए । त्यो बेला पनि केहि मात्रामा यी रुखहरूको चोरीनिकासी हुन्थ्यो र अवैध कारोबार हुन्थ्यो ।  बजारमा बढी मूल्य पर्न जान्थ्यो । तर त्यसबेला यस्तो अवैध कारोबार एकदम न्यून थियो।

chrismas treeको लागि तस्बिर परिणाम

जर्जिया दक्षिणमा अबासटुमानी जस्ता सुन्दर जंगलहरू नै यी रुखहरूको स्थायी घर हो। तर काठको व्यापार वा मौसमीरुपमा क्रिसमस  लागी अवैध रूपमा रूखहरू काटिन थालेको छ । सन् २०११ मा  भएको  द्रुत वन फँडानीप्रति चिन्ता व्यक्त गर्दै जर्जिया सरकाले हाल समस्या समाधान गर्न नयाँ नियमहरू र उच्च जरिवाना लागू गरेको छ।

वर्तमान अवस्थामा अवैध रुपमा  फ्याक्किएका रूखहरू बेच्दा वा ढुवानी गर्दा  रूखहरू बेच्न वा ढुवानी गर्दा जरिवाना १,२०० लारी (४१५ डलर) प्रति इन्फ्र्याक्शन लागू गरिएको छ। जबकी जर्जिया औसत मासिक तलब नै सन् २०१८ मा ३१९ डलर थियो ।

क्रिसमस रुखहरूको अवैध विक्रिवितरण रोक्न जर्जिया सरकाले नयाँ कानुन ल्याएको छ, जसअनुसार यदि कोहि क्रिसमस रुखहरू चाहन्छन् भने उनीहरूसँग प्राथमिक विकल्पको रुपमा नर्सरीबाट ती रुखहरू किनेर आफै रोप्नु पर्ने हुन्छ । जसलाई उनीहरू आफै आफ्नो इच्छामुताविक भोगचलन गर्न पाउनेछन् ।

 क्रिसमस रूखहरूको विशेषज्ञ समेत रहेकी एग्रोमेक्स डेकोर राजधानी टबिलिसीको बाहिरी भाग नर्सरी चलाएर बसेकी छिन । उनी २ मिटर अग्ला यी रुखहरू ८५० देखि १५०० लारी (२९४ डलर देखि ५१९ डलर)सम्म विक्री गर्दै आएकी छिन् ।  उनको अनुसार एउटा रुख एक महिनाभित्रमा बेचिएमा जीवन धान्न सकिने बताउछिन् ।

यी रुखहरूको मूल्य यति उच्च हुनुको पछाडीको कारण हो – यी रुखहरू एकदम सुस्त रुपमा बढ्ने गर्दछन् ।  २ मिटर अग्लो हुनलाई यी रुखहरूले १० वर्ष भन्दा ज्यादा समय खर्चिन्छन् । यी रुखका हाँगाहरूबाट घर सिंगार्न प्रयोग गरिने विभिन्न हस्तकलाका सामाग्रीहरू बनाउने गरिन्छ । क्रिसमस रुखको लागि ख्यातिप्राप्त राष्ट्र जर्जियाले यी रुखका बीउ डेनमार्क र पोल्याण्ड जस्ता देशहरूमा निर्यात गर्दै आइरहेको छ ।

लोक संस्करणअनुसार क्रिसमस रुखको त्रिकोणात्मक बनोटले स्वर्गतर्फ औल्याउँछ भने यसले त्रीएक(Trinity )को मानव सिद्धान्तलाई समेत बुझाउँदछ ।  इन्साइक्लोपीडिया ब्रिटानिकाका अनुसार, “अनन्त जीवनको प्रतीकको लागि सदाबहार रूखहरू, माला र फूलमालाको प्रयोग पुरानो मिश्रीहरू, चिनियाँ र हिब्रूहरूको चलन थियो। मूर्तिपूजक यूरोपियनहरूको बीचमा रूख पूजा गर्ने प्रचलन सामान्य थियो। शैतानलाई डराउँन र क्रिसमसको समयमा चराहरूको लागि गुड स्थापना गर्न नयाँ वर्षहरूमा घरहरू सजाउने स्कान्डिनेभियाको चलन पनि रहेको थियो ।”

सन् २००४ मा पोप जोन पलले क्रिसमस रूखलाई ख्रीष्टको प्रतीक बताएका थिए । उनले भने, यो अति पुरानो रीतिथिति हो, यसले जीवनको महत्त्वलाई उच्च पार्दछ । हिउँदमा सदाबहार जुन अनन्त जीवन प्रवाहको चिन्ह हुन्छ, त्यसलाई बुझाउँछ । यो हाम्रो जीवनको रूख हप-  ख्रीष्टको छवि ।  मानवताको लागी भगवानको सर्वोच्च उपहार हो ।”

प्रत्येक वर्ष अमेरिकामा to ३३ देखि  ३६ मिलियन क्रिसमस रूखहरू उत्पादन गरिन्छ भने युरोपमा ५० देखि ६० मिलियन उत्पादन हुन्छ। सन् १९९८ मा क्रिसमस रुख उत्पादककर्ताहरूको संख्या एकै वर्ष १,५०० ले बढेको थियो । त्यस वर्षमा अमेरिकनहरूले १.५ बिलियन डलर क्रिसमस रुखमा खर्च गरिएको अवाइकिंग्स र स्याक्सनले रूखहरूको पूजा गर्थे।

original chrismas treeको लागि तस्बिर परिणाम

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments