जहाज आपतकालीन ल्यान्डिङका लागि उत्रियो, विमानमा सवार यात्रु आत्तिए !(भिडियो)

सोमवार, बैशाख ३०, २०७६



एजेन्सी । म्यान्मारको मण्डाले अन्तरराष्ट्रिय विमानस्थलमा एक जहाज आपतकालीन ल्यान्डिङका लागि  उत्रियो । एकाएक विमानमा सवार यात्रु आत्तिए । म्यान्मार नेशनल एयरलाइन्सको एक विमान पछाडिको पाङ्ग्राको भरमा आपतकालीन ल्यान्डिङका लागि रनवेमा घिस्रँदै अघि बढ्यो ।

Myanmar-Airlines-flight-UB-103_16aaae6d0a0_large

८२ यात्रु सहितको सात क्रु मेम्बर्सका मुटुको गति बढ्दै जान थाल्यो । तर  पाइलटको होसियारी र चलाखीपूर्ण अवतरणका कारण सम्पूर्ण यात्रु सुरक्षित रहे ।

एम्ब्रइर १९० वीम नम्बरको विमानको अगाडिको पाङ्ग्रा नखुलेपछि पाइलटले विमानलाई रनवेमा पछाडिको पाङ्ग्राको मद्दतले उतारिएको हो  । यो घटना आइतबार बिहान ९ बजेको हो ।

विमानस्थलका प्रवक्ता क्यो सेनका अनुसार क्याप्टेन म्याट मोइ ओंगले अवतरण अघि कन्ट्रोल टावरलाई विमानको अगाडिको पाङ्ग्रा खोल्न नसकेको जानकारी दिइसकेका थिए ।

विमान याङ्गोनबाट मंडले जाँदै थियो । विमानमा खराबी देखिएपछि उनले आपत्कालीन प्रक्रिया अपनाएको विमानस्थलले जानकारी दिएको छ ।

Embedded video

Cape Diamond@cape_diamond

(Embraer 190) this morning, landing at the airport – Nose Lansing Gear failure on landing. Flight Capt. has done the amazing job.

209 people are talking about this

विमान अवतरण गरिरहेको भिडियो सोसल मिडियामा सार्वजनिक भएको छ । जसमा विमानले पछाडिको पाङ्ग्रामा मात्रै अवतरण भइरहेको देख्न सकिन्छ ।

‘पाइलटले निकै अद्भूत काम गरे,’ विन कान्ट, म्यान्मारका यातायातमन्त्रीले रोयटर्सलाई भने ।

Aero News@teamaeronews

Evacuation footage from Myanmar National Airlines flight , the Embraer 190 which landed with its nose gear retracted earlier today at Mandalay airport, Myanmar.

See Aero News’s other Tweets

म्यान्मारमा यो हप्ता विमानमा गडबडीको यो दोस्रो घटना हो । गत बुधबार यंगून एयरपोर्टमा आँधीका बेला  बंगलादेश एयरलाइन्सको एक विमान अवतरणका बेला रनवेमा चिप्लिएको थियो जसमा कम्तीमा १७ जना घाइते भएका थिए ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank (Detail page 2nd) Janata Bank