म्याग्दीको बेनी–२ मा एमाले विजयी

मङ्लबार, जेष्ठ २, २०७४



म्याग्दी । बेनी नगरपालिका–२ मा ज्यामरुक कोटमा नेकपा एमाले– राप्रपा समूहबाट छ र नेपाली काँग्रेसबाट एक जना उम्मेदवार विजयी भएकाछन् ।

एमालेका वडाध्यक्षका उम्मेदवार हिराबहादुर थापा ६३४ मत प्राप्त गरी विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका प्रताप मल्लले ५९६ मत प्राप्त गरेका छन् ।

आइतबार राति ११ बजेदेखि सुरु गरिएको मतगणनाको सोमबार मध्यरातमा प्राप्त अन्तिम मतपरिणामनुसार बेनी नगरपालिका प्रमुखमा एमालेका प्रमोद श्रेष्ठले एक हजार ३९० र काँग्रेसका हरिकुमार श्रेष्ठले एक हजार १९२ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय म्याग्दीका निर्वाचन अधिकृत केदारनाथ पौडेलले जानकारी दिए । अहिले बेनी– ३ को मतगणना सुरु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

बेनी नगरपालिकामा काँग्रेस र नेकपा (माओवादी केन्द्र) तथा एमाले र राप्रपा चुनावी तालमेल गरी निर्वाचनमा होमिएका हुन् ।

मुस्ताङको घरपझोङ गाउँपालिकामा एमाले

हिमालपारिको जिल्ला मुस्ताङको घरपझोङ गाउँपालिकामा एमालेबाट वडाध्यक्षका उम्मेदवार आसबहादुर थकाली ४५४ मत ल्याएर विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका विजयी हिराचनले ४१७, स्वतन्त्र उम्मेदवार महेन्द्र थकालीले २३६ र नेकपा (माओवादी केन्द्र) बाट अध्यक्षका उम्मेदवार दिनेश थकालीले ५५ मत मत ल्याएको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका बालकृष्ण मिश्रले जानकारी दिए ।

गाउँपालिका उपाध्यक्षमा एमालेकै शर्मिला गुरुङ ७०७ मत प्राप्त गरी विजयी भएकाछन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसकी पुष्पा शेरचनले २१५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङले जनाएको छ ।

542 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

janta bank Janata Bank Janata Bank