मिनीबस दुर्घटनामा ४ जनाको मृत्यु

सोमवार, कार्तिक १८, २०७६



म्याग्दी  । म्याग्दीमा मिनीबस दुर्घटना हुँदा ४ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

पश्चिम म्याग्दीको दरवाङबाट बिमतर्फ जाँदै गरेको ग१ज २४३६ नम्बरको मिनीबस आइतबार साँझ पश्चिम मालिका–७ बिमस्थित सडकबाट खसेको हो । दुर्घटनामा परेका १५ यात्रुको उद्धार गरी प्राथमिक स्वास्थ्य केन्द्र दरवाङमा उपचार भइरहेको छ ।

दुर्घटनाका मृतकको सनाखत हुन बाँकी रहेको प्रहरीले जनाएको छ । मालिका गाउँपालिका केन्द्र दरवाङबाट यात्रु लिएर गएको स्थानीय रुटमा चल्ने उक्त बस साँझ बिमको घुम्तीमा मोड नपुग्दा सडकबाट तल खसेको प्रहरीको आशंका छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata