मुआब्जा उपलव्ध गराउन माग

बिहिबार, पुस २८, २०७३

loading...

धनुषा । हुलाकी सडक विस्तार एवम् निर्माणका क्रममा विस्थापित हुने भन्दै धनुषाका सयौं बासिन्दा चिन्तित बनेका छन् ।

जनकपुरको कदम चोकदेखि यदुकोहा सम्मको करिब १५ किलोमिटर हुलाकी सडक निर्माणका क्रममा देउरी, परवाहा, कप्टौल र औरहीका करिब १५० बढी घरपरिवार विस्थापित हुने अवस्था छ ।

उक्त सडकमा पर्ने घर र जग्गा खाली गर्न हुलाकी सडक कार्यालय जनकपुरले गत पुस १८ गते सूचना जारी गरेपछि स्थानीयवासी चिन्तित बनेका हुन् । देउरी परवाहाका रामदेव मिश्र आफूहरु सडक निर्माण र विस्तारको बाधक नभएपनि उठिबास हुने हुँदा सरकारले मुआब्जा उपलब्ध गराउनुपर्ने बताउछन् ।

स्थानीयवासी अनिल मिश्रका अनुसार यहाँका बासिन्दाले प्रमुख जिल्ला अधिकारी दिलीपकुमार चापागाईलाई ज्ञापनपत्र बुझाई उचित मुआब्जा र व्यवस्थापनको माग गरेका छन् ।

165 पटक पढिएको
Loading...

प्रतिक्रिया दिनुहोस

NIC Asia below taja khabar
Bajaj below taja samachar
RITZ sports right side Janamat health right side Samsung health right side bottom Below blog adv