मस्तुङ जिल्लामा सवारी दुर्घटना, मृतकको संख्या ११ पुग्यो

मङ्लबार, बैशाख ३, २०७६



इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्त स्थित मस्तुङ जिल्लामा भएको सवारी दुर्घटनामा परी महिला र बालबालिकासहित कम्तीमा ११ जनाको मृत्यु भएको छ । नौ जना घाइते भएका छन् ।

दुर्घटनापछि पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो । घटनामा परी १५ जना घाइते भएका थिए । घटनालगत्तै उद्धारकर्ता, प्रहरी र स्थानीयबासिन्दाले घटनास्थलबाट उद्धार गरेका थिए भने घाइतेहरूलाई नजिकैको अस्पतालमा पुर्याएका थिए ।

तीव्र गतिमा रहेको ट्रकले यात्रु वाहक भ्यानलाई ठक्कर दिँदा  दुर्घटना भएको सरकारी अधिकारीहरूको भनाइ छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेकाले मृत्यु हुनेको सङ्ख्या अझ बढ्न सक्ने स्वास्थ्यकर्मीहरूले अनुमान गरेका छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata