कैदीले लेखे जेलको रिभ्यु – ‘एकदम सफा छ, जिन्दगीमा एकपटक जानैपर्ने ठाउँ !’

शुक्रबार, मंसिर १३, २०७६



एजेन्सी।  तमिलनाडुको एक पुलिस स्टेशनको रिभ्यु सोसियल मिडियामा भाइरल भएको छ ।  लोगेश्वरन एसले  चेन्नईको थिरुमुल्लावियोल टी १० पुलिस स्टेशनको बारेमा गुगलमा रिभ्यु लेखेका हुन् ।

उनले आफ्नो अनुभव सेयर गर्दै लेखेका छन्- ”पुलिस स्टेशन एकदम सफा छ ।  मेन रोड पनि नजिकै छ ।  यहाँको स्टाफ बहुद दयालु छन् ।  उनीहरूले मलाई कुनै समस्यामा पारेनन् । उनीहरूले मसँग घुस मागेनन्।  मलाई त लाग्छ कि- तपाई पनि एकपटक यस पुलिस स्टेशन आउनुपर्छ ।” उनले लेखेको यस रिभ्यु खाना मिठो भएपछी होटलको रिभ्यु बक्समा खसाइएको पर्चा जस्तो भएको बन्दै सामाजिक सञ्जालमा यसको चर्चापरिचर्चा शुरु भएको हो ।

पुलिसले उनलाई मध्यरातमा बिना डकुमेन्ट्स बाइक चलाउँदै गर्दा समातेको थियो । थिरुमुल्लावियोल टी १० पुलिस स्टेशनबाट बाहिर निक्ल्दै उनले गुगल रिभ्युमा जेललाई चार स्टार दिएका हुन् ।

यसभन्दा पहिले  थिरुमुल्लावियोल टी१० पुलिस स्टेशनको रेटीङ ३.७ रहेको थियो।  तर २४ घण्टा पनि नबित्दै उक्त पुलिस थानाको रेटीङ ४.३ पुगेको छ।

'Must-visit place' in Chennai: Man gives 4 stars to police station; prompts everyone to rate it

विभिन्न ट्वीटर प्रयोगकर्ताहरूले रियाक्सन र कमेन्ट आइरहेको छ,

ffdsf fsdfdfd

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata