पूर्व प्रेमीकाे हत्यापछि टुक्रा टुक्रा पारिन , बिरयानी बनाएर खुवाइन

बिहिबार, मंसिर ६, २०७५



अलआइन । संयूक्त अरब इमिरेटको अलआइन शहरमा एक मोरक्कन महिलाले पूर्व प्रेमीलाई हत्या गरि दिएकी छिन् । आफुलाई प्रेममा धोका दिएको बदला लिन हदै सम्म क्रुर भएकी ती महिलाले पूर्व प्रेमीलाई घर बोलाइन ।

उनको हत्या गर्दै शरिर टुक्रा टुक्रा पारिन । ततपश्चात मृतकको मासुलाई बिरयानी बनाइन । शरिरका अन्य भाग र हड्डी कुकुरलाई खान दिइन । मासुु मिसाएर बनाएको बिरयानी नजिकै काम गरिरहेका पाकिस्तानी मजदुरलाई खुवाइन । खलीज टाइम्सको रिर्पोट मुताविक ३० बर्षीया महिलाले अलआइन कोर्टमा पूर्व प्रेमीको हत्या गरेको स्वीकार गरेकी छिन ।  रिर्पोटमा बताइए अनुसार हत्या धेरै पहिला गरिएको थियो । हत्याको खुलासा तब भयो । जब मृतकका भाईले महिलासँग दाइको बारेमा सोध्न उनको घर पुगे । महिलाले भनिन्, तिम्रो दाईको अन्य महिलासँग सम्बन्ध बढेसँगै हाम्रो ब्रेक अफ भएको थियो ।

मृतकका भाई घरबाट फर्कने क्रममा आफ्नो दाइको दाँत देख्न पुगे । उनलाई शंका लाग्न पुग्दा प्रहरीको सहयोग लिए । दाँतको डिएनए परिक्षण पश्चात उक्त दाँत महिलाको पूर्व प्रेमिको भएको खुल्न गयो । प्रहरीको हिरासतमा पर्ना साथ महिलाले सबै कवुल गरिन ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata