कुटपिटबाट आफ्नै दाजुको हत्या गरेको अभियोगमा पक्राउ

बिहिबार, जेष्ठ २२, २०७७



रुपन्देही ।कुटपिटबाट आफ्नै दाजुको हत्या गरेको अभियोगमा गैडहवा गाउँपालिका-२ पडौरा बस्ने १९ वर्षीय शिवचन्द केवटलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

शिवचन्दले मादक पदार्थ सेवन गरी सामान्य विवादमा बाँसको चिर्पटले दाजु २५ वर्षीय जवाहिर केवटलाई टाउकोमा हान्दा गम्भीर घाइते भएका थिए । तत्काल उपचारको लागि लोण्डिया स्वास्थ्य क्लिनिक लगेकोमा थप उपचारको लागि सुविधा सम्पन्न अस्पतालतर्फ लैजान क्लिनीकले सुझाव दिएपछि फर्काएर लैजाने क्रममा बाटोमै उनको मृत्यु भएको थियो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments