चिर्पट प्रहार गरि छोरोले गरे बाबुको हत्या

आइतवार, बैशाख २८, २०७७



धनुषा । आफ्नै छोराले चिर्पट प्रहार गर्दा घाइते भएका क्षिरेश्वरनाथ नगरपालिका-३ पकडिया बस्ने ६० वर्षीय जोगी महासेठको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ ।

घरायसी विवादको कारण आफ्नै छोरा ३० वर्षीय नरेश महासेठले मंगलबार दाउराको चिर्पटले टाउकोमा प्रहार गर्दा घाइते भएका जोगीको न्यूरो अस्पताल विराटनगरमा उपचारको क्रममा मृत्यु भएको बताइएको छ । चिर्पट प्रहार गर्ने नरेशको प्रहरीले खोजी गरिरहेको छ ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments