भाउजुको हत्या आरोपमा दुई देवर पक्राउ

आइतवार, चैत्र २, २०७६



पाँचथर । आफ्नै भाउजुको हत्या गरेको अभियोगमा दुई   युवक पक्राउ परेका छन ।  हत्या अभियोगमा तेह्रथुम आठराई गाउँपालिका-४  ईवा तीनसल्लेमा दुई देवर पक्राउ परेका हुन ।

२८ वर्षीया भाउजु बिन्दा पुरीको हत्या गरेको आरोपमा देवरहरु सुरेन्द्र पुरी र बालकृष्ण पुरीलाई   प्रहरीले पक्राउ गरेको हो ।  दाइले विदेशबाट पठाएको पैसा खर्च गर्न नपाएको भन्दै उनीहरुले भाउजुको हत्या गरेको प्रारम्भीक अनुसन्धानबाट बुझिएको प्रहरीले जनाएको छ ।

उनीहरु झापाबाट राति गाडी रिजर्भ गरी  तेह्रथुम गएर भाउजुको हत्या गरेकाे जनाइएकाे छ । हत्यापछि उनीहरु झापा नै फर्किका थिए । बिन्दाका श्रीमान राेजगारीकाे  सिलसिलामा दुवइमा रहेकाे प्रहरीले जनाएकाे छ । उनका १० वर्ष र १५ महिनाका दुई छोरा छन् ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments