अबैध गिट्टी बालुवा उत्खननकाे विरोध गर्ने युवकको ट्रिपरले किचेर हत्या

शुक्रबार, पुस २५, २०७६



जनकपुर । जनकपुरमा ट्रिपरले किचेर एक युवकको हत्या गरिएको छ । धनुषाको मिथिला नगरपालिकामा शुक्रबार बिहान साथीसँग मर्निङवाक गएका बेला दिलीपकुमार महतोको हत्या भएको हाे। औरही खोलामा अवैध गिट्टीबालुवा उत्खनन्‌को विरोध गर्दै आएका २४ वर्षीय दिलीपकुमार महतोलाई नदीमै टिपरले किचेर हत्या गरेको हो ।

युवकको हत्यापछि स्थानीयहरुले पूर्वपश्चिम राजमार्ग अवरुद्ध पारेका छन ।  महतोलाई जबर्जस्ती समाएर ना ७ ख ६४१३ नम्बरका टिपर चालकले किचेको स्थानीयले आरोप लगाएका छन ।  महतो भारतमा इन्जिनियरिङ पढ्दै थिए।

घटना लगतै इलाका प्रहरी कार्यालय ढल्केवरको टोली पुगेर शव नियन्त्रणमा लिई पोस्टमार्टमको लागि प्रादेशिक अस्पताल जनकपुरधाम पठाएको छ।  टिपर र चालकलाई नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय ढल्केबरले जनाएको छ। घटनाको प्रकृति हेर्दा नियोजित देखिएको प्रहरीले जनाएको छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments