ढुङ्गा प्रहार गरी श्रीमतीको हत्या

बिहिबार, कार्तिक १४, २०७६



सुनसरी । ढुङ्गा प्रहार गरि श्रीमतकिो हत्या गरेको अभियोगमा एक श्रीमान प्रकाउ परेका छन ।  ढुङ्गा प्रहार गरी आफ्नै २३ वर्षीया जिना राईको हत्या गरेको अभियोगमा धरान उपमहानगरपालिका १५ खोरीयाबस्ती बस्ने ३१ वर्षीय अर्जुन राईलाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

जिनालाई ढुङ्गा प्रहार गरी फरार भएका अर्जुनलाई सोही ठाउँस्थित धरानबाट पानबारी जाने बाटोको सेउटी पुलमा लुकिछिपी बसेको अवस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । उनलाई ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।  घटनाका सम्बन्धमा  थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ ।

Loading...

प्रतिक्रिया दिनुहोस

Powered by Facebook Comments

Janata Bank Janata